वडाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि खिम्ति युनाइटेड समाजलाई
३१ चैत्र, २०८१, आइतवार
- आइतबार सम्पन्न प्रतियोगितामा खिम्ति युनाइटेडले पशुपति युवा क्लब खिम्तिलाई सोझो सेटमा हराउँदै उपाधि जितेको हो । पहिलो खेलमा खिम्ति युनाइटेडले २५–२२ को खेल खेलेको थियो भने दोस्रो खेलमा २५–१६ ले गेम जितेको थियो ।
रामेछाप : रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तिमा आयोजना गरिएको वडाध्यक्ष पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक खिम्ति युनाइटेड समाज खिम्तिले जितेको छ ।
आइतबार सम्पन्न प्रतियोगितामा खिम्ति युनाइटेडले पशुपति युवा क्लब खिम्तिलाई सोझो सेटमा हराउँदै उपाधि जितेको हो । पहिलो खेलमा खिम्ति युनाइटेडले २५–२२ को खेल खेलेको थियो भने दोस्रो खेलमा २५–१६ ले गेम जितेको थियो ।
लिखु तामाकोसी गाउँपालिकाका ६ वटा वडाका ८ वटा टिमले भाग लिएको प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेसँग खिम्ति युनाइटेडले ३५ हजार नगद पुरस्कार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
दोस्रो हुने पशुपति युवा क्लबले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा लिखु तामाकोसी गाउँपालिका– २ सैपु तृतीय भएको छ । सैपुले माझी समाज खिम्तिलाई पराजित गर्दै तेस्रो स्थान प्राप्त गरेको हो । उसले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
लिखु तामाकोसी गाउँपालिका उपाध्यक्ष दीपा पाख्रिनले उद्घाटन गरेको खेल २ दिनसम्म चलेको थियो । खेलमा सहभागीलाई लिखु तामाकोसी गाउँपालिका–६ का वडाध्यक्ष शिवप्रसाद न्यौपाने लगायतले नगद पुरस्कार, ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरे ।
लिखु तामाकोसी गाउँपालिका–६ खिम्तिको आर्थिक सहयोगमा खिम्ति युनाइटेड समाजले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष न्यौपानेले खेल क्षेत्रलाई वडा कार्यालयले निरन्तर सहयोग गर्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।